नेपाली

राष्ट्राध्यक्ष सी चिनफिङ र अमेरिकी राष्ट्रपतिका राष्ट्रिय सुरक्षा मामिला सहायकबीच भेट-वार्ता

cri2024-08-29 17:02:04

अगष्ट २९ तारिख दिउँसो चीनका राष्ट्राध्यक्ष सी चिनफिङले पैचिङ जन बृहत् सभा भवनमा अमेरिकी राष्ट्रपतिका राष्ट्रिय सुरक्षा मामिला सहायक ज्याक सालिभानसँग भेट-वार्ता गर्नुभएको छ।

भेटका अवसरमा राष्ट्राध्यक्ष सीले दुई वटा ठूलो मुलुकको हैसियतले चीन र अमेरिका दुवैले इतिहास, जनता र विश्वको जिम्मेवारी लिनुका साथै विश्व शान्ति र स्थिरताको उद्गम तथा साझा विकास हुने इन्जिन बन्ने कुरा औँल्याउनुभएको छ।

डामाडोल अन्तर्राष्ट्रिय परिस्थितिको सामना गर्दा पृथकता र प्रतिद्वन्दिताको सट्टा विभिन्न मुलुकहरूले एकतावद्ध भएर सहकार्य चलाउनुपर्ने कुरा पनि उहाँले जनाउनुभयो।

अमेरिकाले चीनसँग एउटै दिशातिर लम्कँदै सकारात्मक धारणा लिएर चीन र चीनको विकासको व्यवहार गर्नुका साथै चीनसँगै मिलेर दुई वटा ठूलो देश बीच मेलमिलापयुक्त रूपमा व्यवहार गरिने उपाय खोज्नसक्ने आशा पनि राष्ट्राध्यक्ष सीले प्रकट गर्नुभएको छ।

Close
Messenger Pinterest LinkedIn