नेपाली

विकासोन्मुख मुलुकहरूको सांसद गोष्ठीमा सहभागी विदेशी संसदका नेताहरूसँग सी चिनफिङको भेटघाट

CRI2024-08-20 19:43:28

अगष्ट २० तारिख अपरान्ह चीनका राष्ट्राध्यक्ष सी चिफिङले पैचिङस्थित जन वृहत सभा भवनमा चिनियाँ राष्ट्रिय जन काँग्रेस अन्तर-संसदीय संघमा संलग्न भएको ४०औं वार्षिकोत्सवका उपलक्ष्यमा आयोजित कार्यक्रम र विकासोन्मुख मुलुकहरूको सांसद गोष्ठीमा सहभागी विदेशी संसदका नेताहरूसँग भेटघाट गर्नुभएको छ।

सो अवसरमा सीले विभिन्न मुलुकका सभामुखहरूलाई चीन भ्रमणमा स्वागत गर्नुभयो। उहाँले विभिन्न सभामुख फरक महादेशबाट आउनुभएका र सबै “गलोबल साउथ”का सदस्य रहेको भन्दै विभिन्न मुलुकको राष्ट्रिय अवस्था फरक भएपनि असलमा दाजुभाइ र असल साझेदार रहेको बताउनुभयो। चीनले विभिन्न मुलुकसँग मिलेर मानव भाग्य समुदायको सिर्जनालाई अगाडि बढाउने र पृथवीलाई एक मेलमिलापयुक्त परिवारको रुपमा निर्माण गर्ने आशा लिएको कुरामा सी चिनफिङले जोड दिनुभयो।

सी चिनफिङका अनुसार, चीन सधैं नै “गलोबल साउथ”को सदस्य हो। चीनले विकासोन्मुख मुलुकहरूलगायतका विभिन्न मुलुकसँग शान्ति र विकास, पारस्परिक हित र सहयोग, साझा समृद्धिको विश्वको आधुनिकीकरण साकार तुल्याउन अगाडि बढाउने आशा लिएको छ।

Close
Messenger Pinterest LinkedIn