नेपाली

सी चिनफिङद्वारा ३३ औँ ओलम्पिक खेलकुदमा सहभागी चिनियाँ खेलकुद प्रतिनिधि मण्डलसँग भेटघाट

CRI2024-08-20 19:34:04

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले अगष्ट २० तारिख अपरान्ह जन वृहत सभा भवनमा ३३औँ ओलम्पिक खेलकुदमा सहभागी चिनियाँ खेलकुद प्रतिनिधि मण्डलसँग भेटघाट गर्नुभएको छ। उहाँले पेरिस ओलम्पिक खेलकुदमा चिनियाँ खेलकुद प्रतिनिधि मण्डलले मातृभूमि र जनताका लागि प्रतिष्ठा जितेको व्यक्त गर्नुका साथै चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति र चीनको राज्य परिषदको तर्फबाट खेलकुद प्रतिनिधि मण्डलका सबै सदस्यहरूलाई हार्दिक बधाई दिनुका साथै चीनको खेलकुद क्षेत्रका सबै कमरेडहरूलाई अभिवादन व्यक्त गर्नुभएको छ।

सी चिनफिङले चिनियाँ खेलकुद प्रतिनिधि मण्डलले नैतिकताको स्वर्ण पदक, स्वच्छ स्वर्ण पदक जितेको भन्दै खेकलुदको नैतिक भावनाको प्रचार-प्रसार गरेर नयाँ युगमा चीनको छबि देखाएको कुरामा जोड दिनुभयो।

Close
Messenger Pinterest LinkedIn