नेपाली

राष्ट्राध्यक्ष सी चिनफिङ र ब्राजिलका राष्ट्रपति लुलाले चीन र ब्राजिलबीच दौत्य सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सवको अवसरमा बधाई सन्देश आदानप्रदान

cri2024-08-15 17:29:33

अगस्ट १५ तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ र ब्राजिलका राष्ट्रपति लुलाले दुई देशबीच दौत्य सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सवको अवसरमा एक आपसमा बधाई सन्देश आदानप्रदान गर्नुभएको छ।

राष्ट्राध्यक्ष सी चिनफिङले चीन र ब्राजिल दुवै प्रमुख विकासोन्मुख राष्ट्र र महत्वपूर्ण उदीयमान बजार राष्ट्रहरू भएको औँल्याउनुभयो। आधा शताब्दीअघि दौत्य सम्बन्ध स्थापना भएदेखि नै अन्तर्राष्ट्रिय परिस्थितिमा जतिसुकै परिवर्तन आए पनि दुई देशबीचको सम्बन्धले आ–आफ्नो देशको विकास र पुनरुत्थानलाई निरन्तरता दिनुका साथै विश्व शान्ति, स्थिरता, समृद्धि र विकासका लागि महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो।

राष्ट्राध्यक्ष सी चिनफिङले चीन र ब्राजिल बीचको दौत्य सम्बन्ध स्थापनाको ५०औँ वार्षिकोत्सवलाई नयाँ सुरुवात बिन्दुका रूपमा लिने बताउँदै दुई देशको विकास रणनीतिलाई निरन्तरता दिन, आपसी आदानप्रदान र सहयोगलाई गहिरो बनाउन ब्राजिलसँग मिलेर काम गर्न चीन इच्छुक रहेको कुरामा जोड दिनुभयो।

राष्ट्रपति लुलाले विगत आधा शताब्दीदेखि ब्राजिल–चीन मित्रता निरन्तर सुदृढ हुँदै गएको र सहयोगमा विविधीकरण हुँदै गएको बताउनुभयो। उहाँले भन्नुभयो, ‘ब्राजिल-चीन सम्बन्ध बहुध्रुवीय व्यवस्था र अझ न्यायोचित र प्रभावकारी विश्वव्यापी शासनको लागि बढ्दो महत्वपूर्ण छ, द्विपक्षीय सम्बन्धको आगामी ५० वर्षहरूमा, हामी साझा भविष्यको साथ नयाँ बाटो खोल्न र उज्ज्वल भविष्य निर्माण गर्न एक साथ काम गर्नेछौँ।’

Close
Messenger Pinterest LinkedIn