नेपाली

सी चिनफिङद्वारा सांस्कृतिक र प्राकृतिक सम्पदाको संरक्षण, उत्तराधिकार र उपयोगलाई सुदृढ पार्न महत्वपूर्ण निर्देशन

cri2024-08-06 16:05:56

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले हालसालै सांस्कृतिक र प्राकृतिक सम्पदाको संरक्षण, उत्तराधिकार र उपयोगलाई सुदृढ गर्न महत्वपूर्ण निर्देशन दिनुभएको छ।

उहाँले औँल्याउनुभयो, "पैचिङ केन्द्रीय अक्ष-चीनको आदर्श पूँजी व्यवस्थाको उत्कृष्ट कृति,"पातानचिलिन मरुभूमि-बालुवा पहाड ताल समूह" र "चीन पीत (बो) समुद्र प्रवासी चराहरूको बासस्थान" विश्व सम्पदा सूचीमा सफलतापूर्वक समावेश गरिएको छ। यसले चिनियाँ शैलीको आधुनिकीकरणको निर्माणका लागि सकारात्मक महत्त्व राख्छ,यसमा भौतिक र आत्मिक सभ्यताको समन्वय छ,मानव र प्रकृतिले विश्व सभ्यताको बगैँचामा उज्ज्वल रंगहरू थपेका छन्।

सी चिनफिङले यस सफल प्रयोगलाई सांस्कृतिक र प्राकृतिक सम्पदाको समग्र र व्यवस्थित संरक्षणलाई थप सुदृढ गर्ने, सम्पदा संरक्षणको क्षमता र स्तरलाई प्रभावकारी रूपमा सुधार गर्ने र चिनियाँ राष्ट्रको सांस्कृतिक सम्पदा र प्राकृतिक सम्पदाको संरक्षण गर्ने अवसरका रूपमा लिनुपर्ने कुरामा जोड पनि दिनुभयो।

Close
Messenger Pinterest LinkedIn