नेपाली

सी चिनफिङबाट भियतनाम कम्युनिष्ट पार्टी केन्द्रिय समितिका नयाँ महासचिवलाई बधाई

cri2024-08-03 16:21:10

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव सी चिनफिङले ३ तारिख भियतनाम कम्युनिष्ट पार्टी केन्द्रिय समितिका नव निर्वाचित महासचिव टो लामलाई बधाई सन्देश पठाउनुभएको छ।

बधाई सन्देशमा महासचिव सीले भन्नुभयो, ‘भियतनाम कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव नियुक्त भएको सूचना पाएर खुशी लाग्यो। मैले चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको प्रतिनिधित्व र व्यक्तिगत रुपमा तपाईंलाई हार्दिक बधाई व्यक्त गर्छु।’

चीन र भियतनाम पहाड-जल जोडिएका समाजवादी मैत्रीपूर्ण छिमेकी देश हुन्। गत डिसेम्बरमा भियतनामको राजकीय भ्रमण गर्दा दुई पक्षले रणनीतिक अर्थ रहेको भाग्य समुदायको निर्माण गर्ने घोषणा गरेको स्मरण गर्दै सीले भन्नुभयो, ‘यसले दुई पार्टी र देशको सम्बन्धको नयाँ यात्रा र नयाँ अध्याय सुरू गरेको छ। म टो लामसँग चीन-भियतनाम भाग्य समुदायको निर्माणलाई गहन र व्यवहारिक पार्दै परम्परागत मित्रताको प्रचार गर्ने, पारस्परिक राजनैतिक विश्वासलाई दृढ पार्ने, रणनीतिक आदानप्रदानलाई गहन पार्ने र व्यवहारिक सहकार्यलाई अघि बढाउने गरी दुई देशका जनतालाई अझ बढी फाइदा र मानवजातिको शान्ति तथा प्रगतिमा सकारात्मक योगदान दिने इच्छा राख्दछु।’

Close
Messenger Pinterest LinkedIn