नेपाली

आर्थिक अवस्था र कार्यका बारेमा सीपीसीद्वारा गैर-पार्टी व्यक्तित्वहरूबाट सुझाव संकलन

cri2024-07-30 16:57:34

चालू वर्षको वर्तमान आर्थिक अवस्था र उत्तरार्धमा आर्थिक कार्यका बारेमा राय-सुझावहरू सुन्नको लागि जुलाई २६ तारिख, चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिले लोकतान्त्रिक पार्टीहरूको केन्द्रीय समितिहरू, अखिल चीन उद्योग र वाणिज्य महासंघका जिम्मेवार व्यक्तिहरू र निर्दलीय व्यक्तित्वहरुसँग एक गोष्ठीको आयोजना गरेको छ। सीपीसी केन्द्रिय समितिका महासचिव सी चिनफिङले उक्त गोष्ठीको अध्यक्षता गर्नुभई महत्वपूर्ण सम्बोधन पनि गर्नुभएको छ।

उक्त गोष्ठीमा सीपीसी केन्द्रीय समितिको राजनीतिक ब्यूरोको स्थायी समितिका सदस्य ली छ्याङले चालू वर्षको पूर्वार्द्धमा चीनको आर्थिक कार्यहरूबारे जानकारी दिनुका साथै उत्तरार्धमा आर्थिक कार्यको लागि सान्दर्भिक विचारहरूको बारेमा पनि परिचय गराउनुभएको छ।

उक्त गोष्ठीमा, विभिन्न राजनीतिक दलका अध्यक्षहरू र प्रतिनिधिहरूले सम्बोधन गर्दै सीपीसी केन्द्रीय समितिको विश्लेषण र वर्तमान आर्थिक स्थितिको निर्णय एवम् चालू वर्षको उत्तरार्धमा आर्थिक कार्यको योजना र विचारसँग पूर्ण रूपमा सहमत भएको जनाउनुभएको छ। साथै उहाँहरुले चौतर्फी रूपमा सुधारलाई अझ गहिरो बनाउने, उच्च-स्तरीय खुलापनलाई बढाउने, नयाँ उत्पादक शक्तिहरूको औद्योगिक र प्राविधिक जगलाई सुदृढ पार्ने, वैज्ञानिक र प्राविधिक प्रणालीको सुधारलाई गहन बनाउने, प्राकृतिक स्रोत व्यवस्थापनको सुधारलाई बढाउने, जैविक उत्पादन उद्योगको विकासको लागि समग्र योजनाहरू बनाउने, युवाहरूको रोजगारीलाई मजबुत पार्नको लागि समग्र योजनाहरू बनाउने, ताइवानको युवाहरूको विकासको लागि समग्र योजनाहरू बनाउने, र निजी अर्थव्यवस्थाको विकासमा थप आत्मविश्वास बढाउने लगायत विविध सुझावहरू अगाडि सार्नुभएको छ।

सबैको सम्बोधन ध्यान दिएर सुनेपछि महासचिव सीले महत्वपूर्ण भाषण पनि दिनुभयो।

Close
Messenger Pinterest LinkedIn