नेपाली

चीनको वर्तमान आर्थिक अवस्था र आर्थिक कार्यको विश्लेषण र अध्ययन बैठक आयोजित

cri2024-07-30 16:37:56

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिको राजनैतिक ब्युरोले जुलाई ३० तारिख एक बैठकको आयोजना गर्दै चीनको वर्तमान आर्थिक अवस्थाको विश्लेषण र अध्ययन गर्नुका साथै चालू वर्षको उत्तरार्धमा आर्थिक कार्यको व्यवस्थापन गरेको छ। साथै "औपचारिकतालाई सुधार गर्न र आधारभूत पार्टी संगठनमा बोझ कम पार्ने प्रावधानहरू" भन्ने दस्तावेज अनुमोदन पनि गरिएको छ। सीपीसी केन्द्रीय समितिका महासचिव सी चिनफिङले उक्त बैठकको अध्यक्षता गर्नुभएको छ।

यस वर्षको प्रारम्भदेखि नै सी चिनफिङको नेतृत्वमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको सशक्त नेतृत्वमा विभिन्न क्षेत्र र तहका विभागहरूले चुनौतीको सामना गर्दै सक्रिय कदम चालेको बैठकमा जनाइएको छ। सुधार तथा खुलापनलाई गहन पार्दै समष्टिगत आर्थिक नियमन र नियन्त्रणलाई सुदृढ पारिएको छ। जोखिम र चुनौतीहरूमा प्रभावकारी प्रतिक्रिया पनि दिइएको छ। चीनको आर्थिक अवस्था समष्टिगत रुपमा स्थिर रुपमा अघि बढ्दै गइरहेको छ। यसै क्रममा नयाँ उर्जा र श्रेष्ठता विकसित गर्दै उच्च गुणस्तरिय विकास स्थिरताका साथ अगाडि बढिरहेको पनि बैठकमा बताइएको छ।

चालू वर्षको उत्तरार्धमा सुधार, विकास र स्थायित्वको काम निकै बृहत् र भारी हुने पनि उक्त बैठकमा जोड दिइयो। सुधारमार्फत् स्थिर वृद्धिलाई बढाउँदै, संरचना समायोजन गर्नुका साथै जोखिमहरू रोक्न, आर्थिक संरचनात्मक सुधारको अग्रणी भूमिकालाई पूर्णता दिनुपर्ने आवश्यकता छ। साथै परिपक्व र पहुँचभित्र रहेका थुप्रै सुधारका उपायहरू तुरुन्तै प्रस्तुत गर्नु आवश्यक छ।

सीपीसी केन्द्रीय समितिका निर्णय र परिचालनलाई कार्यान्वयन गर्नको लागि आधारभूत पार्टी संगठन नै 'अन्तिम माइल' को रुपमा भएको उक्त बैठकमा औंल्याइएको छ। सीपीसी केन्द्रीय समितिको सचिवालयले केन्द्रीय तहबाट औपचारिकता सुधार गर्न र आधारभूत तहको बोझलाई कम पार्न विशेष कार्य संयन्त्रको नियमित निरीक्षण गर्नुपर्दछ, केन्द्रीय र राज्यका सबै विभागहरू र प्रदेश स्तरीय पार्टी समितिहरू एवम् सरकारहरूले कामको व्यवस्था गर्दा तथ्यहरूबाट सत्य खोज्नुपर्छ, प्रदेश स्तरभन्दा तलका सबै तहका पार्टी संगठनहरूले आ-आफ्नो मुख्य जिम्मेवारी राम्रोसँग निर्वाह गर्नुपर्दछ, र सबै तहमा अनुशासन निरीक्षण र पर्यवेक्षण अंगहरूले पर्यवेक्षणको कार्यान्वयनलाई सुदृढ पार्नुपर्छ।

Close
Messenger Pinterest LinkedIn