नेपाली

चिनियाँ राष्ट्राध्यक्ष सी र इटालीका प्रधानमन्त्री मेलोनीबीच भेटवार्ता

cri2024-07-29 19:56:42

जुलाई २९ तारिख दिउँसो, चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले इटालीका प्रधानमन्त्री मेलोनीसँग पैचिङमा भेटवार्ता गर्नुभएको छ।

आपसी सम्बन्धबारे चर्चा गर्दै राष्ट्राध्यक्ष सीले भन्नुभयो, ‘चीन र इटाली प्राचीन सिल्क रोडको दुवै छेउमा रहेका र लामो इतिहास भएका देश हुन्।’

दुई देशबीचको मैत्रीपूर्ण आदानप्रदानले पूर्वी र पश्चिमी सभ्यताबीच आदानप्रदान र पारस्परिक शिक्षा तथा मानव समाजको विकास र प्रगतिमा महत्वपूर्ण योगदान पुर्याएको पनि सीले उल्लेख गर्नुभयो।

चीन–इटाली सम्बन्धको स्वस्थ र स्थिर विकास दुई देश र जनताको साझा हितमा रहेको भन्दै सीले आर्थिक विश्वव्यापीकरणको युगमा, विश्वव्यापी औद्योगिक र आपूर्ति श्रृंखलाहरूको खुला सहयोगको पालना गरेर मात्रै जीत-जीतको विकास ल्याउन सिकने बताउनुभयो।

उहाँले भन्नुभयो, ‘इटालीले चीनको विकास दर्शनलाई बुझेर समर्थन गर्ने आशा चीनले लिएको छ। चीन र ईयूबीच संवाद र सहयोगलाई बढाउन र चीन-ईयू सम्बन्धको सकारात्मक र स्थिर विकासलाई अघि सार्नको लागि इटलीले रचनात्मक भूमिका खेल्ने आशा पनि चीनले लिएको छ।’

इटालीका प्रधानमन्त्री मेलोनीले यो वर्ष इटाली र चीनबीच व्यापक रणनीतिक साझेदारी सम्बन्ध स्थापनाको २०औं वर्षगाँठ भएको र मार्को पोलोको निधन भएको ७०० औं स्मृति पनि भएको बताउनुभयो। प्राचीन सभ्यताको रूपमा, इटाली र चीनले सधैं एक अर्काको प्रशंसा गर्दै सिकेका छन्। इटालीले चीनको अन्तर्राष्ट्रिय हैसियत र भूमिकामा ठूलो महत्व दिन्छ र सिल्क रोडको लामो समयदेखिको भावनालाई अगाडि बढाउन, चीनसँग घनिष्ठ र उच्चस्तरीय साझेदारी विकास गर्न, इटाली-चीन व्यापक रणनीतिक साझेदारीमा नयाँ अध्याय खोल्न र विश्व शान्ति र प्रगतिमा नयाँ योगदान गर्न इटली इच्छुक छ।

प्राप्त जानकारी अनुसार, दुवै पक्षले व्यापक रणनीतिक साझेदारी सम्बन्ध(२०२४–२०२७) लाई सुदृढीकरण गर्ने सम्बन्धी चीन र इटालीको कार्ययोजना पनि जारी गरेका छन्।

Close
Messenger Pinterest LinkedIn