नेपाली

स्या मन एयरलाइन्स कम्पनीका पूर्ण सदस्यहरुलाई राष्ट्राध्यक्षको जवाफी पत्र

cri2024-07-24 19:10:53

स्या मन एयरलाइन्स कम्पनी स्थापना भएको ४० औँ वार्षिकोत्सवका उपलक्ष्यमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव,राष्ट्राध्यक्ष एवं केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले कम्पनीका पूर्ण सदस्यहरुलाई जवाफी चिठी पठाउँदै उनीहरुलाई सदिच्छापूर्ण आशा व्यक्त गर्नुभएको छ। उहाँले जोड दिनुभएअनुसार नयाँ गुगको नयाँ यात्रामा कम्पनीका सबै सदस्यहरुले उत्कृष्ट कार्यको प्रचारप्रसार गर्ने,सुधार तथा नवीन कार्यलाई द्दढ कायम राख्ने,सेवायुक्त आर्थिक सामाजिक विकासमा नागरिक एयर व्यवसायको उच्च गुणस्तरीय विकासलाई प्रवर्द्धन गर्ने क्षेत्रमा अझ बढी शक्ति सिर्जना गर्नसक्ने आशा छ।

स्या मन एयरलाइन लिमिडेट कम्पनीका पूर्ण सदस्यहरुले केही दिन अगाडि राष्ट्राध्यक्ष सीलाई पत्र पठाउँदै कम्पनी स्थापना भएको ४०वर्षयता सुधार तथा नवीनतामा आधारित भइ प्राप्त उपलब्धि देखाएका थिए।

Close
Messenger Pinterest LinkedIn