नेपाली

नयाँ युगमा चीनको सुधार सम्बन्धी नीतिको बुझाई

cri2024-07-19 09:57:41

जुलाई १८ तारिख चिनियाँ कम्युनिष्ट पार्टी बीसौं केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले विज्ञप्ति सार्वजनिक गरेको छ। उक्त विज्ञप्तिले चौतर्फी रुपमा सुधारको गहन,चिनियाँ शैलीको आधुनिकीकरणको बढावाका लागि रणनीतिक बन्दोबस्त गर्न खास कदम प्रस्तुत गरेको देखिन्छ।

बितेका चालिस वर्षमा चीनको सुधार तथा खुलापनको इतिहासबाट हेर्दा सत्तारुढ पार्टीको प्रत्येक तेस्रो पूर्ण बैठकमा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिले सुधार तथा खुलापन सम्बन्धी महत्वपूर्ण समस्याहरुको अनुसन्धान गर्दछ। राष्ट्रिय विकासका प्रत्येक केन्द्रीय अवधिमा जनताले सुधार तथा खुलापनको नयाँ नीतिप्रति अपेक्षा लिएका छन्। भर्खरै सम्पन्न भएको बीसौं केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक चीनको सुधार तथा खुलापनका लागि अर्को कोषेढुङ्गा बनेको छ।

यस बैठकका अनुसार वर्तमान चीनले चिनियाँ शैलीको आधुनिकीकरणले बलियो राष्ट्रको निर्माण,जातीय पुनरुत्थानको महाकार्यको केन्द्रीय अवधिमा प्रवेश भएको छ। चिनियाँ सर्वोच्च नेता सी चिनफिङले जोड दिनुभएअनुसार सुधार तथा खुलापन चिनियाँ शैलीको आधुनिकीकरण सफल वा विफल हुने केन्द्रीय माध्यम हो।

“चौतर्फी रुपमा सुधारको गहन” बाट “चौतर्फी सुधारको गहनलाई अघि बढाउने”सम्म नेता सीले यसलाई एक चेस खेलसँग तुलना गर्नुभएको छ। सुधार तथा खुलापन यस टुक्रालाई चेस खेल जस्तै रणनीतिक रुपमा बसाएबाट चिनियाँ शैलीको आधुनिकीकरणको चौतर्फी विकासका लागि लगातार नयाँ प्रवर्द्धन शक्ति थपिँदै जानेछ।

Close
Messenger Pinterest LinkedIn