नेपाली

नयाँ युगमा चीनको सुधार नीतिबारे बुझाइको पाँचौँ भाग-जनता जग हो, जग बलियो भएपछि मात्र देशमा शान्ति हुनसक्छ

cri2024-07-16 16:57:20

चीनका सर्वोच्च नेताको हैसियतले राष्ट्राध्यक्ष सी चिनफिङले समय समयमा राजधानी पैचिङबाट विभिन्न स्थानका आधारभूत तह जानुभई गहन रूपमा स्थानीय परिवेशको निरीक्षण भ्रमण गर्नुहुन्छ।

देशका सर्वोच्च नेता भएपछि राष्ट्राध्यक्ष सीले ८ वर्षको समयको सदुपयोग गर्दै सम्पूर्ण चिनियाँ जनताको नेतृत्व गरी एउटा विश्वप्रख्यात जनजीवन परियोजना अर्थात् गरिबी निवारण परियोजना चलाएर ग्रामीण क्षेत्रका १० करोड जति जनसख्यालाई विपन्न अवस्थाबाट मुक्त गरी विश्व आर्थिक इतिहासमा रहेको आविष्कारको सिर्जना गर्नुभएको छ। त्यसैगरी उहाँले चिनियाँ कम्युनिष्ट पार्टीले जनताको नेतृत्व गर्दै गरिबीबाट मुक्त भएर सम्पन्नताको लक्ष्यलाई साकार तुल्याउने वचन-बद्धतालाई पनि व्यवहारमा उतार्नुभएको छ।

जनजीवन सानो कुरो होइन। राष्ट्राध्यक्ष सीका अनुसार, जनता जग हो, जग बलियो भएपछि मात्र देशको शान्ति हुनसक्छ। जनजीवन जनताको सुखको आधार हुनुका साथै मेलमिलापयुक्त समाजको आधार पनि हो। यस दृष्टिबाट राष्ट्राध्यक्ष सीले नयाँ युगको चीनको नेतृत्व गर्दै जनजीवन क्षेत्रमा सम्पूर्ण र गहन रूपमा सुधार गर्नुभएको छ। यस क्रममा उहाँले प्रस्तुत गर्नुभएको “जनता केन्द्रित” विचारधारा चिनियाँ कम्युनिष्ट पार्टीले आर्थिक र सामाजिक विकासको तर्जुमा गर्ने माग बन्नुका साथै नयाँ युगमा चीनको गहन सुधारको मूल्य पनि बनेको देखिन्छ।

Close
Messenger Pinterest LinkedIn