नेपाली

सी चिनफिङद्वारा इरानका नवनिर्वाचित राष्ट्रपति पेजेसचियानलाई बधाई सन्देश

cri2024-07-06 18:07:11

जुलाई ६ तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले इस्लामिक गणतन्त्र इरानको राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा मसुद पेजेसचियानलाई बधाई दिन सन्देश पठाउनुभयो।

सी चिनफिङले आधा शताब्दीभन्दा अघिदेखि दौत्य सम्बन्ध स्थापना भएदेखि चीन-इरान मैत्रीपूर्ण आदानप्रदानको लामो इतिहास रहेको बताउनुभयो। उहाँले भन्नुभयो,“जटिल क्षेत्रीय र अन्तर्राष्ट्रिय परिस्थितिहरूमा चीन र इरानले सधैं एकअर्कालाई सहयोग गर्दै आएका छन्, निरन्तर आपसी रणनीतिक विश्वासलाई सुदृढ बनाएका छन्, विभिन्न क्षेत्रमा आदान-प्रदान र सहयोगलाई निरन्तरता दिएका छन्, क्षेत्रीय र अन्तर्राष्ट्रिय मामिलामा राम्रो सञ्चार र समन्वय कायम राखेका छन् यसले चीन र इरानका जनतालाई फाइदा मात्रै नभई क्षेत्रीय र विश्व शान्ति र स्थायित्वको प्रवर्द्धनमा सकारात्मक योगदान पुर्याएको छ। म चीन-इरान सम्बन्धको विकासलाई ठूलो महत्व दिन्छु र चीन-इरान बृहत् रणनीतिक साझेदारीलाई गहिराइमा अगाडि बढाउनको लागि राष्ट्रपतिसँग काम गर्न इच्छुक छु। ”

Close
Messenger Pinterest LinkedIn