नेपाली

चिनियाँ राष्ट्राध्यक्ष र ताजिकिस्तानका राष्ट्रपतिबीच सानो परिधिको वार्ता

cri2024-07-05 19:18:20

स्थानीय समयअनुसार जुलाई ५ तारिख दिउँसो चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले दुशान्बेमा ताजिकिस्तानका राष्ट्रपति राहमोनसँग सानो परिधिको वार्ताको आयोजना गर्नुभएको छ।

यस अवसरमा राष्ट्राध्यक्ष सीले जोड दिनुभएअनुसार चीन र ताजिकिस्तानबीचको सम्बन्धसँग गहन इतिहास,बलियो राजनीतिक आधार,प्रचुर सहयोगात्मक भावार्थ रहेको छ। यी दुबै पक्षको संयुक्त प्रयासमा आपसी राजनीतिक पारस्परिक विश्वास लगातार गहन बन्दै बेल्ट एण्ड रोडको संयुक्त निर्माण सम्बन्धी प्रचुर सहयोगात्मक उपलब्धि रहेको छ जसले यी दुबै मुलुकको साझा विकासलाई शक्तिशाली रुपमा प्रवर्द्धन गरेको छ।

यी दुबै नेताहरुले नयाँ युगमा चीन-ताजिकिस्तान चौतर्फी रणनीतिक साझेदारी सम्बन्धको विकास गर्दै विभिन्न क्षेत्रको पारस्परिक हित तथा सहयोगका लागि नयाँ योजनाको रुपरेखा बनाउने घोषणा गरेका छन्।

Close
Messenger Pinterest LinkedIn