नेपाली

युरोपेली परिषद्का नवनिर्वाचित अध्यक्ष कोस्टालाई चिनियाँ राष्ट्राध्यक्ष सीको बधाई सन्देश

CRI2024-07-04 14:07:22

जुलाई ४ तारिख, चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले युरोपेली परिषद्को अध्यक्षमा निर्वाचित भएकोमा एन्टोनियो कोस्टालाई बधाई सन्देश पठाउनुभएको छ।

सन्देशमा राष्ट्राध्यक्ष सीले उल्लेख गर्दै भन्नुभयोः चीन-ईयू (युरोपेली परिषद्) सम्बन्धको विकासमा चीनले ठूलो महत्व दिँदै आएको छ। चीन-इयू साझेदारको स्थितिलाई मजबुत पार्दै रणनीतिक सम्पर्कलाई प्रगाढ बनाउने, पारस्परिक समझदारी र राजनीतिक विश्वास बढाउने, व्यापक सहमति निर्माण गर्ने, विभिन्न क्षेत्रमा भएका आदानप्रदान र सहयोग विस्तार गर्ने इच्छा चीनले लिएको छ। चीन-ईयू सम्बन्धको सुदृढ र स्थिर विकास गर्न र विश्व शान्ति तथा विकासमा नयाँ योगदान गर्ने चीनको अपेक्षा छ।

सोही दिन चिनयाँ प्रधानमन्त्री ली छ्याङले पनि कोस्टालाई बधाई सन्देश पठाउनुभएको छ।

Close
Messenger Pinterest LinkedIn