नेपाली

चीन र कजाकिस्तानका राष्ट्रनायकहरुद्वारा पत्रकारहरुसँग कुराकानी

cri2024-07-03 17:12:45

स्थानीय समयअनुसार जुलाई ३ तारिख मध्यान्ह चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ र कजाकिस्तानका राष्ट्रपति तोकायेभसँग भेटवार्ता गर्नुभएपछि संयुक्त रुपमा पत्रकारहरुसँग कुराकानी गर्नुभएको छ।

सीका अनुसार यो उहाँले कजाकिस्तानका लागि गर्नुभएको पाँचौँ भ्रमण हो। राष्ट्रपति तोकायेभसँगको भेटवार्तामा व्यापक सहमति हासिल भएका छन्। दुबै पक्षले 《जन गणतन्त्र चीन र कजाकिस्तान संघीय वक्तव्य》मा हस्ताक्षर गरेका छन।

चीन र कजाकिस्तानबीचको सम्बन्ध हजार वर्षसम्म लामो प्राचीन रेशमी मार्गमा आधारित भएको छ। यी दुबै पक्षहरुले अन्तर्राष्ट्रिय मामिलामा आपसी सहयोगलाई मजबुत बनाउँदै संयुक्त रुपमा यी दुबै राष्ट्रहरु लगायत समस्त विकासोन्मुख मुलुकहरुको साझा हितलाई संयुक्त संरक्षण गर्दै जाने छन्।

तोकायेभका अनुसार राष्ट्राध्यक्ष सीको यस भ्रमणसँग विशेष ऐतिहासिक भावार्थ रहेको छ। कजाकिस्तानले चीनसँग चीन-मध्य एशिया,शाङहाई सहयोग संगठन, संयुक्त राष्ट्र संघ आदि बहुपक्षीय प्रारुपबीचको सम्पर्कलाई प्रवर्द्धन गर्नुका साथै चीनसँगको सम्बन्धको विकासमा अझ बढी उपलब्धी हासिल गर्ने प्रयास गर्दै जाने आशा छ।

Close
Messenger Pinterest LinkedIn