नेपाली

राष्ट्राध्यक्ष सी चिनफिङद्वारा निङ श्याको निरीक्षण भ्रमण

CRI2024-06-21 14:55:04

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले निङ श्याको निरीक्षण भ्रमण गर्नुभएको छ। भ्रमण अवधिमा उहाँले नयाँ विकास विचारधारालाई व्यवहारमा उतार्दै चीन राष्ट्रको एकरूपताको निर्माण भन्ने आधारमा रही पीत नदी बग्ने क्षेत्रको पर्यावरणीय संरक्षण र उच्च गुणस्तरीय विकास क्षेत्रको निर्माणलाई प्राथमिकतामा राख्दै उच्च स्तरीय संरक्षण र उच्च गुणस्तरीय विकासलाई अघि बढाउँदै जाने आदेश निङ श्यालाई दिनुभएको छ। यसका अतिरिक्त निङ श्याले सुधारलाई गहन पारी खुलापनको विस्तार गर्दै नयाँ ढाँचाको गाउँबस्ती निर्माण, ग्रामीण क्षेत्रको पुनरूत्थान, जातीय एकता र साझा समृद्धि लगायतका कार्यलाई राम्रोसँग गर्नुपर्ने निर्देशन पनि उहाँले दिनुभएको छ।

जुन १९ तारिख राष्ट्राध्यक्ष सी चिनफिङले छिङहाईको निरीक्षण भ्रमण सम्पन्न गरेपछि निङ श्या ह्वै जातिय स्वायत्त प्रदेश जानुभई सदरमुकाम यीन छ्वान शहरको निरीक्षण भ्रमण गर्नुभएको छ।

त्यस क्रममा उहाँले सुमधुर नयाँ निङ श्याको निर्माणलाई तीव्र पारी जोडतोडसँग चिनियाँ शैलीको आधुनिकीकरण सम्बन्धी निङ श्या अध्याय खोल्दै जान निङ श्यालाई प्रोत्साहित गर्नुभएको छ।

Close
Messenger Pinterest LinkedIn