नेपाली

राष्ट्राध्यक्ष सी चिनफिङ तथा ट्रिनिडाड एण्ड टोबागोका राष्ट्रपति बीच दौत्य सम्बन्ध कायम भएको ५० औँ वार्षिकोत्सवको अवसरमा शुभकामना आदानप्रदान

CRI2024-06-20 15:01:06

जुन २० तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र ट्रिनिडाड एण्ड टोबागोका राष्ट्रपति श्रीमती क्रिस्टिन कान्गालुले एकले अर्कालाई शुभकामना सन्देश पठाउँदै दुई देश बीच दौत्य सम्बन्ध कायम भएको ५० औँ वार्षिकोत्सवको अवसरमा बधाई ज्ञापन गर्नुभएको छ।

आफ्नो सन्देशमा राष्ट्राध्यक्ष सीले राष्ट्रपति श्रीमती कान्गालु सँगसँगै संयुक्त बेल्ट एण्ड रोडको उच्च गुणस्तरीय निर्माणलाई लगातार रूपमा अघि बढाउनुका साथै विभिन्न क्षेत्रमा रहेका दुई पक्ष बीचको आदानप्रदान र सहकार्यलाई गहन पारी चीन-ट्रिनिडाड एण्ड टोबागो सम्पूर्ण सहयोगात्मक साझेदारी सम्बन्धलाई नयाँ उचाइमा पुर्याउँदै जान चीन इच्छुक रहेको औँल्याउनुभएको छ।

प्रत्युत्तरमा राष्ट्रपति श्रीमती कान्गालुले नयाँ युगमा ट्रिनिडाड एण्ड टोबागो-चीन सम्बन्धले दुवै देशका लागि अझ बढी हित कल्याण सिर्जना गर्दैजाने विश्वास व्यक्त गर्नुभएको छ।

सोहि दिन प्रधानमन्त्री ली छ्याङ र ट्रिनिडाड एण्ड टोबागोका प्रधानमन्त्री कीथ रोली बीच पनि शुभकामना सन्देश साटासाट गरिएको छ।

Close
Messenger Pinterest LinkedIn