नेपाली

रामाफोसालाई सी चिनफिङद्वारा बधाई

cri2024-06-15 16:53:37

जुन १४ तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले दक्षिण अफ्रिकी गणतन्त्रको राष्ट्रपतिमा पुन: निर्वाचित हुनु भएकामा रामाफोसालाई बधाई दिनुभयो। उहाँका अनुसार चीन र दक्षिण अफ्रिकाबीच गहिरो राजनीतिक आपसी विश्वास छ र विभिन्न क्षेत्रमा फलदायी व्यावहारिक सहयोग रहेको छ। चीन-दक्षिण अफ्रिका सम्बन्धको विकासलाई ठूलो महत्त्व दिँदै दुई देशबीचको व्यापक रणनीतिक साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउन र विश्व शान्ति, स्थिरता र समृद्धिका लागि संयुक्त रूपमा योगदान गर्न राष्ट्रपति रामाफोसासँग काम गर्न राष्ट्राध्यक्ष सीको इच्छा व्यक्त गर्नुभएको छ।

Close
Messenger Pinterest LinkedIn