नेपाली

चिनियाँ राष्ट्राध्यक्ष र इजिप्टका राष्ट्रनायकबीच भेटवार्ता

cri2024-05-29 19:17:32

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले मे २९ तारिख दिउँसो पैचिङमा चीन-अरबेली मुलुक सहयोग मञ्चको १० औँ मन्त्रीस्तरीय सम्मेलनको उद्घाटन समारोहमा सहभागी हुन चीनको राजकीय भ्रमणमा रहनुभएका इजिप्टका राष्ट्रपति अब्देल फतह अल सिसीसँग भेटवार्ता गर्नुभएको छ।

भेटवार्तामा चिनियाँ राष्ट्राध्यक्ष सीले आपसी सम्बन्धबारे चर्चा गर्दै भन्नुभयोः यस वर्ष चीन र इजिप्टबीच चौतर्फी रणनीतिक साझेदारी सम्बन्ध स्थापना भएको १० औँ वर्षगाँठ हो। बितेका १० वर्षमा मैले महामहिम राष्ट्रपति ज्यूसँग ११ पटक भेट गरेको छु। हामीले द्विपक्षीय सम्बन्धको सशक्त विकासको संयुक्त नेतृत्व गरिरहेका छौँ। चीन-इजिप्ट सम्बन्ध नै चीन र अरबेली, अफ्रिकी, इस्लामिक लगायत विकासोन्मुख देशहरूबीचको ऐक्यबद्धता, सहयोग, पारस्परिक लाभ र साझा जीत परिणामको ज्वलन्त चित्रणका रूपमा विकसित भइरहेको छ।

उहाँले अगाडी भन्नुभयोः ६८ वर्षअघि इजिप्ट चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने पहिलो अरबेली र अफ्रिकी मुलुक थियो। अन्तर्राष्ट्रिय परिस्थितिमा आएको परिवर्तनका बावजुद पनि हामी दुई देशले एकअर्कालाई सधैं विश्वास गर्दै आएका छौँ र इमानदारीपूर्वक सहयोग गरी हातेमालो गर्दै विकास गरिरहेका छौँ। नयाँ परिस्थितिमा अन्तर्राष्ट्रिय निष्पक्षता र न्याय तथा विकासोन्मुख राष्ट्रहरूको साझा हितलाई कायम राख्न एवम् क्षेत्रीय तथा विश्व शान्ति, स्थायित्व, विकास र समृद्धिमा योगदान गर्न चीन इजिप्टसँग मिलेर काम गर्न तयार छ।

Close
Messenger Pinterest LinkedIn