नेपाली

सी चिनफिङद्वारा पानामाका नवनिर्वाचित राष्ट्रपति मूलिनोलाई बधाई सन्देश

cri2024-05-11 18:50:38

हाल चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जोस राउल मूलिनोलाई पानामाको राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा शुभकामना सन्देश पठाउनुभएको छ।

सी चिनफिङले सन् २०१७ जुनमा चीन र पानामाबीच दौत्य सम्बन्ध स्थापनाले दुई मुलुकको सम्बन्धमा नयाँ अध्याय उघारेको, दौत्य सम्बन्धको स्थापना भएको सात वर्षयता दुई मुलुकको सम्बन्धमा तीव्र रुपमा विकास भएको, प्रशस्त उपलब्धि हासिल गरेको र दुई मुलुकका जनतालाई फाइदा पुर्याएको कुरा बताउनुभयो। उहाँले राष्ट्रपति मूलिनोसँग मैत्रीपूर्ण आवत-जावत गर्ने, दुई मुलुकको सम्बन्धलाई गहिरो रुपमा विकास गर्न निर्देश गर्ने, दुई मुलुकका जनतालाई लाभ दिने आशा व्यक्त गर्नुभयो।

Close
Messenger Pinterest LinkedIn