नेपाली

विद्यालयको वैचारिक तथा राजनीतिक पाठ्यक्रमको निर्माणबारे सी चिनफिङको महत्वपूर्ण आदेश

cri2024-05-11 17:05:15

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले हाल विद्यालयको वैचारिक तथा राजनीतिक पाठ्यक्रमको निर्माणबारे महत्वपूर्ण आदेश दिनुभएको छ। सीले चिनियाँ कम्युनिष्ट पार्टीको १८औँ महाधिवेशनयता चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिले विद्यालयको वैचारिक तथा राजनीतिक पाठ्यक्रमको निर्माणलाई शैक्षिक कार्यको महत्वपूर्ण स्थानमा राखिरहेको, युवायुवती र किशोरकिशोरीको “चार आत्मविश्वास” स्पष्ट रुपमा बलियो भएको, वैचारिक तथा राजनीतिक विकासको वातावरणमा मूलभूत रुपमा परिवर्तन भएको कुरा बताउनुभएको छ।

नयाँ युगमा विद्यालयको वैचारिक तथा राजनीतिक पाठ्यक्रमको निर्माण सम्मेलन मे ११ तारिख पैचिङमा आयोजना भएको छ। उक्त सम्मेलनमा सी चिनफिङको महत्वपूर्ण आदेश सुनाइएको छ। चीनका उप प्रधानमन्त्री तिङ सुए सियाङले उक्त सम्मेलनमा सम्बोधन गर्नुभयो।

Close
Messenger Pinterest LinkedIn