नेपाली

नयाँ युगमा चीन-हङ्गेरी ‘अल वेदर’ सम्पूर्ण रणनीतिक साझेदारी सम्बन्धको संयुक्त घोषणा

CRI2024-05-10 14:57:12

सन् २०२४ मे ८ तारिखदेखि १० तारिखसम्म, चीनका राष्ट्राध्यक्ष सी चिनफिङले हङ्गेरीको भ्रमण गर्नुभएको छ। सो भ्रमण अवसरमा, सीले हङ्गेरीका राष्ट्रपति सुल्योक र प्रधानमन्त्री ओर्बानसँग भेटवार्ता गर्नुभएको छ। दुवै पक्षले चीन-हङ्गेरीबीचको दृढ सम्बन्ध र परम्परागत मित्रता अनुसार दुई पक्षीय सम्बन्ध तथा साझा चासोका अन्तर्राष्ट्रिय र क्षेत्रीय विषयहरूबारेमा गहकिलो रूपमा आदानप्रदान गरिएपछि विस्तृत सहमतिहरू प्राप्त गरेका छन्।

सन् २०१७ मा सम्पूर्ण रणनीतिक साझेदार सम्बन्धको स्थापना गरिपछि हालैका वर्षहरूमा सहकार्यहरूबाट फलदायक नतिजाहरू प्राप्त भएकाले दुवै देशका राष्ट्रनायकहरूले उच्चस्तरीय प्रशंसा गर्नुभएको छ। दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ औँ वार्षिकोत्सवको अवसरमा, सम्पूर्ण रणनीतिक साझेदार सम्बन्धबाट नयाँ युगमा चीन-हङ्गेरी सम्बन्धलाई ‘अल वेदर’ सदाबहार सम्पूर्ण रणनीतिक साझेदारी सम्बन्ध बनाउने निर्णय गरिएको छ।

संयुक्त घोषणा अनुसार:

नयाँ युगमा चीन-हङ्गेरी हर मौसमको सम्पूर्ण रणनीतिक साझेदारी सम्बन्धको संयुक्त घोषणा अघि बढाउनका लागि दुवै पक्षले संयुक्त रूपमा निर्माण गर्ने “बेल्ट एण्ड रोड” पहलमा र हङ्गेरीको “पूर्वतिरको विकासको खुलापन” नीतिमा विकासको रणनीतिक पक्षको आदानप्रदान थप्ने छन्। उच्चगुणस्तरीय “बेल्ट एण्ड रोड” सहकार्य अघि बढाउने छन्। सहकार्यका परियोजनाहरूको सुरक्षा सफलताका साथ गरिने छन्।

आधारभूत पूर्वाधारको कनेक्टिभिटी र दुई देशबीचका अर्थतन्त्र सहकार्यको विकासका लागि दुई देशका सरकारहरू बीच चीन-युरोप रेल सहकार्य संस्थाको स्थापना गर्ने सहमति भएको छ।

दुवै पक्षले चीन-युरोपबीचको भूमि तथा समुद्र राजमार्गको भन्सार सुविधाबारेका सहकार्यलाई अगाडि बढाउने सहमति गरेको छ। हङ्गेरीका उच्च गुणस्तरका उत्पादनहरू र उद्योगहरूलाई चीन प्रवेशमा स्वागत छ।

Close
Messenger Pinterest LinkedIn