नेपाली

राष्ट्राध्यक्ष सी चिनफिङ तथा हङगेरीका प्रधानमन्त्री ओर्बानबीच भेट-वार्ता

CRI2024-05-10 02:04:57

मे ९ तारिख दिउँसो चीनका राष्ट्राध्यक्ष सी चिनफिङले बुडापेस्टस्थित प्रधानमन्त्री भवनमा हङगेरीका प्रधानमन्त्री ओर्बान भिक्टोरसँग भेट-वार्ता गर्नुभएको छ। सो अवसरमा दुवै देशका राष्ट्रनायकले चीन-हङगेरी सम्बन्धलाई नयाँ युगमा हरपरको सम्पूर्ण रणनीतिक साझेदारी सम्बन्धको रूपमा उकासिने घोषणा गर्नुभएको छ।

वार्ता क्रममा राष्ट्राध्यक्ष सीले चालु वर्षको उत्तरार्द्धको युरोपेली संघको वर्तमान अध्यक्ष मुलुकको हैसियतले हङगेरीले चीन-युरोप सम्बन्धलाई स्वस्थ र स्थिर रूपमा विकसित पार्नका लागि सकारात्मक भूमिका निर्वाह गर्दै जाने आशा व्यक्त गर्नुभएको छ।

प्रत्युत्तरमा प्रधानमन्त्री ओर्बानले चीनसँगको बहुपक्षीय सम्पर्क र सहकार्यलाई सबल पारी सँगै मिलेर विश्व शान्ति र स्थिरताको संरक्षण गर्दै जान हङगेरी इच्छुक रहेको कुरामा जोड दिनुभएको छ।

दुवै देशका राष्ट्रनायकले युक्रेन सङ्कटबारे पनि गहन रूपमा वैचारिक आदानप्रदान गर्नुभएको छ। वार्ता सम्पन्न भएपछि दुवै देशका राष्ट्रनायकले संयुक्त बेल्ट एण्ड रोडको निर्माण, अर्थतन्त्र-व्यापार, लगानी, विज्ञान-प्रविधि, संस्कृति कृषि लगायतका विविध द्वीपक्षीय सहयोगात्मक दस्तावेजको साटासाटमा पनि साक्षी बस्नुभयो। उहाँहरूले संयुक्त रूपमा पत्रकारसँग पनि कुराकानी गर्नुभयो। यसका अतिरिक्त दुवै पक्षले “नयाँ युगमा हरपरको सम्पूर्ण रणनीतिक साझेदारी सम्बन्ध स्थापना सम्बन्धी चीन-हङगेरी संयुक्त बक्तव्य” पनि जारी गरेका छन्।

Close
Messenger Pinterest LinkedIn