नेपाली

राष्ट्राध्यक्ष सी चिनफिङद्वारा हङ्गेरीको राजकीय भ्रमण शुरू

CRI2024-05-09 05:55:46

हङ्गेरीका राष्ट्रपति सुल्योक टामास र प्रधानमन्त्री ओर्बान भिक्टोरको निमन्त्रणामा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले मे ८ तारिखबाट हङ्गेरीको राजकीय भ्रमण थाल्नुभएको छ।

राष्ट्राध्यक्ष सी चिनफिङ तथा उहाँकी श्रीमती फङ ली युआन विशेष विमानद्वारा बुडापेस्ट पुग्नुभएको हो। उहाँहरूको सम्मानमा हङ्गेरीका प्रधानमन्त्री ओर्बान तथा उहाँकी श्रीमतीले बुडापेस्ट विमानस्थलमा हार्दिक स्वागत गर्नुभएको छ। बुडापेस्ट अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्राध्यक्ष सीले लिखित सम्बोधन पनि गर्नुभयो।

आफ्नो सम्बोधनमा राष्ट्राध्यक्ष सीले चीन सरकार र चिनियाँ जनताको तर्फबाट हङ्गेरी सरकार र हङ्गेरीका जनतालाई हार्दिक अभिवादन र शुभेच्छा व्यक्त गर्नुभएको छ। दुवै पक्षको साझा प्रयासमा यस भ्रमण सफल हुनसक्ने भन्दै चीन-हङ्गेरी सम्बन्धमा अझै सुमधुर भविष्य सिर्जना हुनसक्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो।

Close
Messenger Pinterest LinkedIn