नेपाली

सी चिनफिङ र फ्रान्सका राष्ट्रपति म्याक्रोनबीच वार्ता

cri2024-05-07 00:15:46

स्थानीय समयअनुसार मे ६ तारिख अपरान्ह चीनका राष्ट्राध्यक्ष सी चिनफिङले पेरिसस्थित एलिसी प्यालेसमा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँग वार्ता गर्नुभएको छ।

सी चिनफिङले चीन र फ्रान्सको दौत्य सम्बन्ध स्थापनाको ६०औँ वार्षिकोत्सवको उपलक्ष्यमा फ्रान्सको तेस्रो पटकको राजकीय भ्रमण गरेकोमा खुशी लागेको कुरा बताउनुभयो। सीले यस पटकको भ्रमणमार्फत राष्ट्रपति म्याक्रोनसँग दुई मुलुकको सम्बन्धको अर्को साठी वर्षको नयाँ प्रक्रिया शुरू गर्ने, विश्व शान्ति तथा स्थिरता र मानवको विकास तथा प्रगतिका लागि नयाँ योगदान दिने आशा व्यक्त गर्नुभयो।

सीकाअनुसार, दुई पक्षले स्वतन्त्रता, पारस्परिक समझदारी, पारस्परिक हित र साझा विजयको सम्बन्धमा दुई मुलुकको दौत्य सम्बन्ध स्थापना भएको प्रारम्भिक इच्छालाई पालना गर्नुपर्नेछ। चीन र फ्रान्सले स्वतन्त्रता पालना गर्नुपर्ने, पारस्परिक रुपमा समझदारी गर्नुपर्ने र विश्वको मेलमिलापयुक्त अस्तित्वलाई संयुक्त रुपमा अगाडि बढाउनुपर्ने पनि सीले बताउनुभयो।

Close
Messenger Pinterest LinkedIn