नेपाली

राष्ट्राध्यक्ष सी चिन फिङद्वारा पश्चिमी क्षेत्रलाई उच्च गुणस्तरीय विकासको पालना गर्न जोड

cri2024-04-25 18:10:45

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले हालै दक्षिण पश्चिमी चीनको छोङ छिङ सहरको निरीक्षण भ्रमण क्रममा नयाँ युगमा पश्चिमी क्षेत्रको विकासलाई प्रवर्द्धन गर्ने गोष्ठीको अध्यक्षता गर्नुभएको छ। उहाँले पश्चिमी क्षेत्रले उच्च गुणस्तरीय विकासको पालना गर्नुपर्ने र राष्ट्रिय पारिस्थितिक सुरक्षा अवरोधको निर्माण गर्नुपर्ने र त्यसलाई बलियो बनाउनुपर्ने कुरामा जोड दिनुभयो।

सन् २०१२ यता सी चिन फिङले पश्चिमी क्षेत्रमा ३० भन्दा बढी पटक गहिरो निरीक्षण तथा सर्वेक्षण गर्नुभएको छ र पर्यावरणीय संरक्षणका लागि सधैँ ध्यान दिनुभएको छ। उहाँले आर्थिक विकासको क्रममा पारिस्थितिक वातावरणलाई नष्ट नगर्न धेरै पटक जोड दिनुभएको छ।

Close
Messenger Pinterest LinkedIn