नेपाली

सी चिनफिङद्वारा संघीय राज्य माइक्रोनेसियाका राष्ट्रपति सिमिनासँग वार्ता

cri2024-04-09 18:43:05

अप्रिल ९ तारिख दिउँसो चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले पैचिङको ग्रेट हल अफ द पिपुलमा संघीय राज्य माइक्रोनेसियाका राष्ट्रपति सिमिनासँग वार्ता गर्नुभयो।

राष्ट्राध्यक्ष सी चिनफिङको निमन्त्रणामा राष्ट्रपति सिमिनाले अप्रिल ५ तारिख देखि १२ तारिखसम्म चीनको राजकीय भ्रमण गर्नुभएको हो। राष्ट्रपति सिमिनाले पदभार ग्रहण गरेपछिको यो पहिलो चीन भ्रमण हो। दुई देशका नेताहरुबीच द्विपक्षीय सम्बन्धको विकास र साझा सरोकारका विषयमा गहन विचार आदानप्रदान भएको थियो।

Close
Messenger Pinterest LinkedIn