नेपाली

चिनियाँ राष्ट्राध्यक्ष र डोमिनिकाका राष्ट्रपतिबीच शुभकामना आदानप्रदान

cri2024-03-23 16:39:06

मार्च २३ तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङ र डोमिनिकन राष्ट्रपति बर्टनले दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको २० औँ वार्षिकोत्सवका अवसरमा बधाई सन्देश तथा शुभकामना आदानप्रदान गर्नुभएको छ। सी चिनफिङले डोमिनिका क्यारेबियन क्षेत्रमा चीनको महत्वपूर्ण सहयोगी साझेदार भएको उल्लेख गर्नुभयो। चीनले चीन-डोमिनिकन सम्बन्धको विकासलाई ठूलो महत्त्व दिँदै दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापनाको बीसौँ वर्षगाँठलाई दुई पक्षबीचको विभिन्न क्षेत्रमा सहयोगलाई अझ प्रगाढ बनाउने नयाँ सुरुवात बिन्दुका रूपमा लिएको र राष्ट्रपति बर्टनसँग मिलेर काम गर्न चीन इच्छुक रहेको राष्ट्राध्यक्ष सी चिनफिङले आफ्नो शुभकामना सन्देशमा उल्लेख गर्नु भएको छ।

बर्टनले चीनको समर्थन र सहयोगप्रति कृतज्ञता ज्ञापन गर्दै चीनसँग पारस्परिक लाभकारी सहयोगलाई अझ गहिरो बनाउन र विश्वव्यापी चुनौतीहरूको संयुक्त रूपमा सामना गर्न इच्छुक रहेको बताउनु भएको छ।

Close
Messenger Pinterest LinkedIn