नेपाली

सी चिनफिङद्वारा हुनानको निरीक्षणमा सुधार र नविनतामा जोड

cri2024-03-21 18:33:26

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले हालै हुनान प्रान्तको निरीक्षण गर्दै हुनानले नयाँ विकास ढाँचाको रचना गर्दा आफ्नो रणनीतिक स्थान समातेर उच्च गुणस्तरीय विकास र सुधार तथा नविनतामा अडिग रही राष्ट्रिय उन्नत उत्पादन उच्च भूमि, मुख्य प्रतिस्पर्धात्मकतासहित वैज्ञानिक र प्राविधिक नवाचार उच्च भूमि र आन्तरिक क्षेत्रमध्ये सुधार र खुलापन उच्च भूमिको निर्माण गर्न कडा मेहनत गर्न जारी राख्नुपर्ने बताउनु भएको छ। उहाँले मध्य क्षेत्रको उदय र याङ्सी नदी आर्थिक क्षेत्रको विकासलाई प्रवर्द्धन गर्न नेतृत्व लिन पनि प्रयास गरी हुनानमा चिनियाँ शैलीको आधुनिकीकरणको अध्याय लेख्न प्रयास गर्नुपर्ने दोहोर्याउनुभएको छ।

मार्च १८ देखि २१ तारिखसम्म सी चिनफिङले हुनान प्रान्तका सचिव शन स्याउमिङ र प्रमुख माउ विमिङका साथ छाङशा, छाङत लगायत क्षेत्रको भ्रमण गरी स्कुल, उद्योग, ऐतिहासिक साँस्कृतिक सडक, गाउँलगायत क्षेत्रको निरीक्षण गर्नुभएको छ।

Close
Messenger Pinterest LinkedIn