नेपाली

सी चिनफिङद्वारा इन्डोनेशियाका नवनिर्वाचित राष्ट्रपति प्राबोवोलाई बधाई सन्देश

cri2024-03-21 10:40:49

मार्च २० तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले इन्डोनेशियाको राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा प्राबोवो सुबेन्टोलाई बधाई सन्देश पठाउँदै उहाँलाई शुभकामना व्यक्त गर्नुभएको छ।

सी चिनफिङले चीन र इन्डोनेशिया परम्परागत मैत्रीपूर्ण छिमेकी हुन् भन्दै दुई पक्षको प्रयासमा दुई मुलुकको सम्बन्धले तीव्र विकासको चरणमा प्रवेश गरेको, दुई मुलुकको राजनीतिक पारस्परिक विश्वास क्रमशःसुदृढ भएको, विकास रणनीति निरन्तर रुपमा सबल भएको तथा पारस्परिक सहयोगले प्रशस्त उपलब्धि हासिल गरेको बताउनुभयो। सीले चीन र इन्डोनेशियाको सम्बन्धको विकासमा महत्व दिनुका साथै राष्ट्रपति प्राबोवोसँग दुई मुलुकको भाग्य समुदायको निर्माणले अझै ठूलो उपलब्धि हासिल गर्न निर्देश गर्ने, दुई मुलुकका जनतालाई लाभ दिने र क्षेत्रीय तथा विश्वको समृद्धि र स्थिरताका लागि सशक्त शक्ति थप्ने अपेक्षा व्यक्त गर्नुभयो।

Close
Messenger Pinterest LinkedIn