नेपाली

चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र प्रजातान्त्रिक गणतन्त्र कङ्गोका राष्ट्रपति सासोउ बीच दुई देश बीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० औँ वर्षगाँठका अवसरमा बधाई सन्देश आदानप्रदान

CRI2024-02-22 16:07:10

फेब्रअरी २२ तारिख, चीन र प्रजातान्त्रिक गणतन्त्र कङ्गो बीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६०औँ वार्षिकोत्सवको अवसरमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले प्रजातान्त्रिक गणतन्त्र कङ्गोका राष्ट्रपति सासोउलाई बधाई सन्देश पठाउनुभएको छ।

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले चीन र कङ्गो बीचको मित्रता सुदृढ हुँदै गएको भन्दै दुई देशबीचको कूटनीतिक स्थापनाको ६० वर्षमा विश्वको अवस्था जटिल भए पनि दुई देश सच्चा रूपमा सहकार्य गर्दै एक आपसमा मिलेर विकासको बाटोमा अघि बढिरहेको बताउनुभयो। दुई देश बीच राजनैतिक क्षेत्रमा आपसी विश्वास र आर्थिक क्षेत्रमा सहयोग र पारस्परिक हितको साझेदारी भएको पनि औँल्याउनुभएको छ। हालैका वर्षहरूमा, दुई देशबीचको आदानप्रदान बढ्दै गएको छ, राजनैतीक आपसी विश्वास अझ प्रगाढ बनाउँदै गएको छ र व्यावहारिक सहयोगलाई अघि बढाउँदै गएको छ। दुई देशका जनतालाई व्यावहारिक हित भएबाट चीन र अफ्रिकाबीचको मित्रवत् सहकार्य प्रतिबिम्बित भएको उहाँले उल्लेख गर्नुभयो। दुई देशबीचको सम्बन्धको विकास र दुई देश बीच कूटनीतिक सम्बन्ध स्थापनाको ६० औँ वार्षिकोत्सवमा चीन-कङ्गो बीच व्यापक रणनीतिक साझेदारीको बृहत्तर विकासको प्रवर्द्धन गर्न र चीन-कङ्गो उच्चस्तरीय साझा भविष्य समुदाय बनाउनका लागि राष्ट्रपति सासोउसँग प्रयास गर्ने इच्छा रहेको पनि राष्ट्राध्यक्ष सीले व्यक्त गर्नुभयो।

Close
Messenger Pinterest LinkedIn