नेपाली

चिनियाँ राष्ट्राध्यक्षद्वारा अमेरिकीलाई चिठीको जवाफ

cri2024-01-10 15:43:05

जनवरी ४ तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले अमेरिकाको आयोवा राज्यका साथी सारा ल्याण्डीलाई जवाफी चिठी पठाउनुभएको छ। उहाँका अनुसार चीन-अमेरिका सम्बन्धका उपलब्धिहरू मुख्यतया दुई देशका जनताको संयुक्त प्रयासका कारण भएको हो। चीन-अमेरिका सम्बन्धको निरन्तर विकासका लागि जनतामा थप निर्भरता रहेको र आवश्यक बनेको औँल्याउनुभयो। चीन र अमेरिका संसारका सबैभन्दा ठूलो विकासोन्मुख र विकसित देशहरू हुन्। यस ग्रहको भविष्य र भाग्यलाई चीन-अमेरिका सम्बन्धको स्थिरता र सुधार चाहिन्छ।

हालै मात्र अमेरिकाको आयोवा राज्यका साथी सारा ल्याण्डीले सीलाई पत्र लेख्दै अमेरिकी मित्रता समूहहरूले संयुक्त रूपमा आयोजना गरेको स्वागत भोजमा राष्ट्राध्यक्ष सीको भाषणलाई व्यापक रूपमा स्वागत गर्नुकासाथै प्रेरणादायी भएको उल्लेख गरेका थिए। साथै, उनले आगामी पाँच वर्षमा आदानप्रदान र अध्ययनका लागि ५० हजार अमेरिकी युवाहरूलाई चीनमा निमन्त्रण गरिएको बताएका छन्।

Close
Messenger Pinterest LinkedIn