नेपाली

विदेशका लागि चिनिया राजदूत कार्य बैठकमा सी चिनफिङद्वारा महत्वपूर्ण सम्बोधन

cri2023-12-29 19:47:02

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले डिसेम्बर २९ तारिख पैचिङमा स्थित जन बृहत्त सभा भवनमा विदेशका लागि चिनियाँ राजदूत कार्य बैठक २०२३ मा उपस्थित समस्त राजदूतहरूसँग भेट गर्नुका साथै महत्वपूर्ण सम्बोधन गर्नुभएको छ।

सी चिनफिङले नयाँ युगदेखि कुटनीतिक कार्यको ठूलो उपलब्धिमा प्रशस्त प्रशंसा गरी सीपीसी २०औँ राष्ट्रिय महाधिवेशन र केन्द्रीय कूटनीतिक कार्य बैठकको भावनाबारे गहिरो रूपमा सिकेर र पालना गरेर चिनियाँ विशेषतायुक्त ठूलो मुलुकको कुटनीतिक कार्यको नयाँ अवस्था सिर्जना गर्न राजदूतहरूसमक्ष आग्रह गर्नुभयो।

सी चिनफिङले चार बुँदामा आग्रह गर्नुभयो। उहाँले औँल्याउनु भएका चार बुँदामा, मौलिक नियत र मिशनमा ध्यान राखेर पार्टीप्रति वफादार अभ्यासी बन्नुपर्ने, जिम्मेवारीलाई बलियो बनाएर अग्रगामी बन्नुपर्ने, लड्न हिम्मत र सिपालु भएर राष्ट्रिय हितको रक्षक बन्नुपर्ने र आत्म-क्रान्तिको पालना गरी पार्टीको व्यापक तथा कडा शासनको प्रवर्द्धक बन्नुपर्ने रहेका छन्।

Close
Messenger Pinterest LinkedIn