नेपाली

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको वैदेशिक मामिला बैठकलाई सी चिनफिङद्वारा महत्वपूर्ण सम्बोधन

cri2023-12-28 20:14:44

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको वैदेशिक मामिला बैठक डिसेम्बर २७ र २८ तारिख पैचिङमा आयोजना भएको छ। चिनियाँ कम्युनिष्ट पार्टि केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष, केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले बैठकमा उपस्थित भएर महत्वपूर्ण सम्बोधन गर्नुभएको छ।

सी चिनफिङले नयाँ युगमा चिनियाँ विशेषतायुक्त ठूलो मुलुकको कूटनीतिको ऐतिहासिक उपलब्धि र मूल्यवान अनुभवको व्यवस्थित रूपमा संक्षेप गरी नयाँ यात्रामा वैदेशिक कार्यसमक्ष देखिने अन्तर्राष्ट्रिय वातावरण र काँधमा बोकिएको ऐतिहासिक मिशनबारे गहिरो रूपमा ब्याख्या गर्नुयो। साथै उहाँले वर्तमान र पछिको एक अवधिको वैदेशिक कार्यको व्यापक रूपमा निर्देशन पनि दिनुभयो।

प्रधानमन्त्री ली छ्याङले बैठकको अध्यक्षता गर्दै सी चिनफिङ कूटनीतिक विचारधाराको निर्देशनमा नयाँ यात्राको कूटनीतिक कार्यको राम्रोसँग गर्नुपर्ने दोहोर्याउनुभयो। साथै उहाँले सी चिनफिङको महत्वपूर्ण सम्बोधनको भावनाबारे राम्रोसित सिक्न र पालना गर्न अनुरोध गर्नुभयो।

Close
Messenger Pinterest LinkedIn