नेपाली

“सी चिनफिङ: चीनको शासन व्यवस्था”को पहिलो भाग सम्बन्धी बेलारूसी भाषा संस्करणको विमोचन समारोह मिन्स्कमा आयोजित

cri2023-12-21 18:40:09

“सी चिनफिङ: चीनको शासन व्यवस्था”को पहिलो भाग सम्बन्धी बेलारूसी भाषा संस्करणको विमोचन समारोह एवम् चीन-बेलारूस शासन व्यवस्था विषयक गोष्ठी हाल बेलारूसको राजधानी मिन्स्कमा आयोजना गरिएको छ। चीन र बेलारूस दुवै देशका राजनीतिज्ञ, मिडिया र थिङ्कट्यङ्कमा प्रतिनिधिहरू गरी ५०० भन्दा बढी व्यक्तिहरू सो समारोहमा सहभागी भएका छन्।

सम्मेलनमा सहभागी अतिथिहरूका अनुसार, राष्ट्राध्यक्ष सी चिनफिङको नेतृत्वमा चीनको विकासले टडकारो उपलब्धि प्राप्त गरेको छ। चीनले प्रस्तुत गरेको संयुक्त बेल्ट एण्ड रोडको निर्माण भन्ने प्रस्ताव अन्तर्राष्ट्रिय समाजको मतैक्य र सहकार्य समेटिएको महान कार्य भएकाले संलग्न भएका मुलुकहरू त्यसबाट लाभान्वित हुने भएका छन्।

“सी चिनफिङ: चीनको शासन व्यवस्था”को पहिलो भाग सम्बन्धी बेलारूसी भाषा संस्करण विदेशी भाषा प्रकाशन एजेन्सी र बेलारूस कला प्रकाशन एजेन्सीले संयुक्त रूपमा अनुवादन र प्रकाशन गरेका हुन्।

Close
Messenger Pinterest LinkedIn