नेपाली

सी चिनफिङद्वारा ली च्याछाउको कार्य प्रतिवेदन श्रवण

cri2023-12-19 18:41:16

डिसेम्बर १८ तारिख दिउँसो चीनका राष्ट्राध्यक्ष सी चिन फिङले चोङनानहाई गृहमा आफ्नो कार्य प्रतिवेदन बुझाउन पैचिङ आउनुभएका हङकङ विशेष प्रशासनिक क्षेत्रका प्रमुख अधिकारी ली च्या छाउसँग भेट गर्नुभयो। त्यस क्रममा उहाँले हङकङको वर्तमान अवस्था र विशेष प्रशासनिक क्षेत्र सरकारको कामबारे प्रमुख लीको प्रतिवेदन श्रवण गर्नुभयो।

सी चिनफिङले केन्द्र सरकारको "एक देश, दुई व्यवस्था" राजनीतिको सटीक, व्यापक र अटल रूपमा कार्यान्वयन गर्ने कुरा कुनै पनि समयमा अपरिवर्तनीय रहेको कुरामा जोड दिनुभयो। "एक देश, दुई व्यवस्था" को जीवन्तता र श्रेष्ठता स्पष्ट रूपमा देखिने र हङकङको उज्ज्वल भविष्यप्रति आफू पूर्ण रुपमा विश्वस्त रहेको पनि सीले उल्लेख गर्नुभयो।

Close
Messenger Pinterest LinkedIn