नेपाली

चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा कान्सु प्रान्तमा ६.२ म्याग्निच्युडको भूकम्प गएपछि महत्त्वपूर्ण निर्देशन

CRI2023-12-19 14:44:50

बेइजिङ समयअनुसार डिसेम्बर १८ तारिख २३ बजेर ५९ मिनेट जाँदा कान्सु प्रान्तमा अवस्थित चिशिशान जिल्लालाई केन्द्रबिन्दु पारेर ६.२ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पको केन्द्र १० किलोमिटर गहिराइमा रेकर्ड गरिएको छ। हालसम्म, सो भूकम्पबाट कान्सु प्रान्तमा १०० जनाको मृत्यु भएको छ भने छिङहाइ प्रान्तमा ११ जनाको मृत्यु भएको छ। केही क्षेत्रमा जल, विद्युत, तथा यातायात र सञ्चारलगायतका आधारभूत पूर्वाधारहरूमा क्षति पुगेको छ।

भूकम्पपछि चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव, चीनका राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले उच्च महत्व दिँदै महत्वपूर्ण निर्देशन दिनुभएको छ। निर्देशनअनुसार कान्सु प्रान्तको चिशिशान जिल्लामा गएको ६.२ म्याग्निच्युडको भूकम्पबाट ठूलो मानवीय क्षति भएको छ। हामीले खोजी र उद्धार कार्य गर्नुपर्छ, समयमै घाइते हरुको उपचार गर्नुपर्छ र हाम्रो सबैभन्दा ठूलो क्षमतामा क्षति न्यूनीकरण गर्न प्रयास गर्नुपर्छ। भूकम्प प्रकोप क्षेत्र उचाइमा अवस्थित छ, त्यहाँ निकै चिसो छ। प्रकोपबाट बच्न भूकम्पको स्थिति र मौसम परिवर्तनलाई नजिकबाट निगरानी गर्न आवश्यक छ।

निर्देशनअनुसार उद्धार कार्यलाई व्यवस्थित गर्न राज्य परिषदद्वारा प्रकोप क्षेत्रमा कार्यदल पठाइएको छ। कान्सु र छिङहाइमा उद्धारका लागि सेनाको व्यवस्था गरिएको छ। पाल, फोल्डिङ बेड, सिरक र अन्य राहत सामग्रीहरू प्रकोप क्षेत्रमा पठाइएको छ। साथै भूकम्प प्रभावित मानिसहरूको उद्धार तथा राहतका लागि हरसम्भव प्रयास गरिरहेको छ।

हाल भूकम्प प्रकोप क्षेत्रमा राहत कार्य चुस्त र व्यवस्थितरुपमा भइरहेको छ।

Close
Messenger Pinterest LinkedIn