नेपाली

चीन र केन्याबीच दौत्य सम्बन्ध स्थापना भएको ६० औँ वर्षका अवसरमा राष्ट्रनायकबीच बधाई सन्देश आदानप्रदान

CRI2023-12-14 19:59:16

डिसेम्बर १४ तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ र केन्याका राष्ट्रपति विलियम सामोई रुटोले दुई देशबीच दौत्य सम्बन्ध स्थापना भएको ६० औँ वार्षिकोत्सवका अवसरमा बधाई सन्देश आदानप्रदान गर्नुभएको छ।

बधाई सन्देशमा चिनियाँ राष्ट्राध्यक्ष सीले चीन-केन्या सम्बन्धबारे चर्चा गर्दै भन्नुभयोः आपसी सम्बन्धको विकासमा निकै महत्व दिन्छु र दुई देशबीच दौत्य सम्बन्ध स्थापना भएको ६०औँ वार्षिकोत्सवलाई नयाँ प्रारम्भिक बिन्दुका रुपमा लिँदै जाने छु। साथै चीन-केन्या व्यापक रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धका विषयवस्तुलाई निरन्तर समृद्ध बनाउँदै नयाँ युगमा संयुक्त भाग्य समुदायको निर्माण गर्न राष्ट्रपति रुटोसँग मिलेर काम गर्न इच्छुक रहेको कुरा पनि सीले जनाउनुभयो।

सन्देशमा केन्याका राष्ट्रपति रुटोले पारस्परिक सम्बन्धबारे उल्लेख गर्दै भन्नुभयोः ६० वर्षअघि कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै केन्या-चीन साझेदारी सम्बन्ध मजबुत हुँदै आएको छ। द्विपक्षीय आर्थिक सहयोग र सांस्कृतिक आदानप्रदानमा समृद्ध परिणामहरू प्राप्त भएको छ। साथै केन्या अन्तर्राष्ट्रिय सहयोगका लागि तेस्रो बेल्ट एण्ड रोड शिखर मञ्च र जोहानेसबर्गमा भएको चीन-अफ्रिका नेताहरूको संवादका परिणामहरूलाई व्यवहारमा उतार्न चीनसँग काम गर्न केन्या तयार छ। जसले गर्दा द्विपक्षीय सम्बन्धको दिगो विकास, समृद्धि, मित्रता र साझा प्रगतिको उज्ज्वल भविष्यको सुरुवात गर्न सकिने विश्वास गरिएको छ।

Close
Messenger Pinterest LinkedIn