नेपाली

राष्ट्राध्यक्ष सी चिनफिङद्वारा सीपीसीको राजनीतिक व्युरोको बैठकको अध्यक्षता

cri2023-11-27 17:45:18

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक व्युरोले नोभेम्बर २७ तारिख आयोजना गरेको बैठकले दुईवटा प्रस्तावको लेखाजोखा गरेको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिनफिङले उक्त बैठकको अध्यक्षता गर्नुभएको छ। ती दुईवटा प्रस्ताव “याङ्सी नदीको आर्थिक पेटीको उच्च गुणस्तरीय विकासलाई अघि बढाउने नीति र कदम सम्बन्धी प्रस्ताव” र “चिनियाँ कम्युनिष्ट पार्टीले वैदेशिक मामिलाको निर्देशन गर्ने नियम” रहेका छन्।

बैठकमा भनिएको छ, याङ्सी नदीको आर्थिक पेटी रणनीति कमरेड सी चिनफिङ केन्द्रीत रहनुभएको चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिले तोकेको महत्वपूर्ण निर्णय प्रस्ताव हो। याङ्सी नदीको आर्थिक पेटीको उच्च गुणस्तरीय विकासलाई अघि बढाउनका लागि याङ्सी नदी बग्ने क्षेत्रको उच्च गुणस्तरीय पर्यावरणीय वातावरणमा भर पर्नुपर्ने कुरा पनि उक्त बैठकले जोड दिएको छ।

यसका अतिरिक्त वैदेशिक मामिलाको सन्दर्भमा चिनियाँ कम्युनिष्ट पार्टीको एकीकृत निर्देशनलाई सबल पार्दै जाने कुरामा पनि उक्त बैठकले जोड दिएको छ।

Close
Messenger Pinterest LinkedIn