नेपाली

सी चिन फिङद्वारा विश्व चिनियाँ अध्ययन सम्मेलन शाङहाई फोरमलाई बधाई पत्र

CRI2023-11-24 14:32:07

नोभेम्बर २४ तारिख चीनका राष्ट्राध्यक्ष सी चिन फिङले विश्व चिनियाँ अध्ययन सम्मेलन शाङहाई फोरमलाई बधाई पत्र पठाउनुभएको छ।

राष्ट्राध्यक्ष सी चिनफिङले चिनियाँ अध्ययनहरू ऐतिहासिक चिनियाँबारेको अध्ययन र समकालीन चिनियाँबारेको अध्ययन भएको औँल्याउनुभएको छ।

उहाँले उल्लेख गर्नुभएको छ, चिनियाँ सभ्यताको लामो इतिहास छ। विश्वका अन्य विभिन्न सभ्यताहरूसँग आदानप्रदान र आपसी सिकाइमा चिनियाँ सभ्यताले व्यापकताका साथै विकास गरेको छ, जसले चिनियाँ शैलीको आधुनिकीकरणलाई गहकिलो आधार प्रदान गरेको छ। इतिहासको स्रोतदेखि खोजी गरेर मात्र हामीले वास्तविक विश्वलाई बुझ्न सक्छौँ, संस्कृतिको आधारलाई पछ्याएर आजको चीनलाई स्पष्टसँग जान्न सक्छौँ। सभ्यताहरूको आपसी सिकाइबाट हामीले साझा प्रगति हासिल गर्न सक्छौँ, राष्ट्राध्यक्ष सीले भन्नुभयो। मेरो आशा छ कि विभिन्न मुलुकका विज्ञहरूले चिनियाँ र विदेशी सभ्यताको आदानप्रदानका सन्देशबाहक बनेर समावेशिता, खुलापन र सहिष्णुताको पालना गर्ने, विश्व चिनियाँ अध्ययनलाई तथा सभ्यताको आदानप्रदान र आपसी सिकाइलाई निरन्तरताका साथ प्रवर्द्धन गर्ने र विश्व सभ्यताको बगैँचामा वैचारिक र सांस्कृतिक शक्तिहरूलाई समृद्ध गर्नेछ, उहाँले भन्नुभयो।

यो सम्मेलन राज्य परिषद्को सूचना कार्यालय र शाङहाई नगरपालिद्वारा संयुक्तरूपमा आयोजना गरिएको हो। सोही दिन शाङहाईमा उद्घाटित सम्मेलनको विषय ‘विश्व परिप्रेक्ष्यमा चिनियाँ सभ्यता र चिनियाँ पथ’ हो।

Close
Messenger Pinterest LinkedIn