नेपाली

सी चिन फिङ एपेकका नेतागण तथा आयोजक र अतिथि बीचको अनौपचारिक वार्ता एवम् मध्यान्ह भोजमा उपस्थित

cri2023-11-17 08:48:19

स्थानीय समय अनुसार नोभेम्बर १६ तारिख मध्यान्ह, राष्ट्राध्यक्ष सी चिनफिङले अमेरिकाको सान-फ्रान्सिस्कोमा एपेकका नेतागण तथा आयोजक र अतिथि बीचको अनौपचारिक वार्ता एवम् मध्यान्ह भोजमा उपस्थित हुनुभएको छ।

सी चिनफिङले बताएअनुसार, दिगो विकास वर्तमान विश्वव्यापी समस्याको समाधान गर्ने साँचो हो। वर्तमान परिस्थितिमा विश्वव्यापी दिगो कार्यमा बढी जीवित शक्ति राख्नका लागि धेरै मतैक्य प्राप्त गर्नुपर्ने छ र कार्वाहि चलाउनुपर्छ।

चीनले विभिन्न मुलुकसित हातमा हात मिलाएर विश्वव्यापी विकसित समुदाय तथा सफा एवम् सुन्दर विश्व बनाउनका लागि धेरै योगदान दिन इच्छुक रहेको पनि सी चिनफिङले भन्नुभयो।

अमेरिकाका राष्ट्रपति बाइडेनले उक्त सम्मेलनको अध्यक्षता गर्नुभएको छ। “दिगो, जलवायु तथा निष्पक्ष स्रोतको परिणत” भन्ने कुरा उक्त सम्मेलनको मुख्य विषय हो।

सो सम्मेलनमा वाङ यीले पनि भाग लिनुभएको छ।

Close
Messenger Pinterest LinkedIn