नेपाली

चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा पेरूका राष्ट्रपतिसँग भेटवार्ता

cri2023-11-17 03:32:08

स्थानीय समय नोभेम्बर १६ तारिख विहान, चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अमेरिकाको सान-फ्रान्सिस्कोमा पेरूका राष्ट्रपति डिना बोलकआर्टसँग भेटवार्ता गर्नुभएको छ।

भेटवार्तामा उहाँले राष्ट्रपति बोलकआर्टसँग भेटमा खुशी व्यक्त गर्दै पेरू दक्षिण अमेरिकाको एउटा महत्वपूर्ण मुलुक हुनुका साथै सबभन्दा पहिले नयाँ चीनसँग दौत्य सम्बन्ध स्थापना गर्ने लाल्टिन अमेरिकी मुलुकमध्ये एक भएको राष्ट्राध्यक्ष सीले बताउनुभएको छ। यस वर्ष चीन पेरू सम्पूर्ण रणनैतिक साझेदारी सम्बन्धको स्थापना भएको १० औँ वार्षिकोत्सव भएको राष्ट्राध्यक्ष सीले स्मरण गर्दै दुवै मुलुक सहयोगबाट फलदायक रहेको उहाँले बताउनुभएको छ। चीन पेरूको सबभन्दा ठूलो व्यापारिक साझेदारी हुनुका साथै पेरू चीनले लाल्टिन अमेरिकाको दोस्रो ठूलो लगानी गन्तव्य रहेको, दुई मुलुकको सहयोगले आफ्नै विकास र पुनःउत्थानलाई प्रबर्द्धन गरी जनतालाई हितकल्याण पुर्याएको राष्ट्राध्यक्ष सीले बताउनुभएको छ।

Close
Messenger Pinterest LinkedIn