नेपाली

चीन र अमेरिकाद्वारा द्वीपक्षीय मानवीय आदानप्रदानलाई अझ बढी सुविधा दिइने

cri2023-11-16 14:18:50

नोभेम्बर १५ तारिख राति, चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अमेरिकी मैत्रीपूर्ण दलको संयुक्त स्वागत भोजमा भाग लिएर भाषण दिनुभएको छ।

राष्ट्रपति जो बाइडेनसँग महत्वपूर्ण सहमति जनाएर दुई मुलुकले मानवीय र सांस्कृतिक आदानप्रदान सबल पार्न अझ बढी कदम चाल्ने राष्ट्राध्यक्ष सीले जानकारी दिनुभयो।

यी कदमबाट मुख्यतः चीन अमेरिकाबीचको उडान बढ्ने, चीन अमेरिका पर्यटनसम्बन्धी उच्च स्तरीय वार्ताको आयोजना गरिने, भिसा निवेदन प्रक्रियालाई सुधार गर्ने आदि समावेश छन्। दुई मुलुकका जनताले अझ बढी आदानप्रदान गरी नयाँ युगमा मैत्रीपूर्ण कथा लेख्ने अपेक्षा लिएको उहाँले बताउनुभयो।

Close
Messenger Pinterest LinkedIn