नेपाली

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ताद्वारा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको अमेरिका भ्रमण सम्बन्धी प्रश्नको जवाफ

CRI2023-11-10 22:36:59

अमेरिकी राष्ट्रपति जो बाइडेनको निमन्त्रणामा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले अमेरिकाको भ्रमण गर्नुका साथै राष्ट्रपति बाइडेनसँग दुईपक्षीय बैठक गर्नुहुनेछ। साथै एपेक इकोनोमिक नेताहरू सम्मिलित बैठकमा पनि भाग लिनुहुने घोषणा चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ताले गरेका छन्।

पत्रकारद्वारा सोधिएका सम्बद्ध प्रश्नको जवाफ दिँदै ती प्रवक्ताले दुई देशका नेतागणले चीन-अमेरिका सम्बन्धको रणनीतिक समस्या र विश्व शान्ति तथा विकाससँग सम्बन्धित महत्वपूर्ण विषयहरूबारे गहन रूपमा वैचारिक आदान प्रदान गर्नुहुने जानकारी दिएका छन्।

Close
Messenger Pinterest LinkedIn