नेपाली

सी चिनफिङद्वारा फिलाडेल्फिया वाद्यवादन मण्डलका गभर्नर एवम् सीईओ मा सयीलाई जवाफी पत्र

cri2023-11-10 20:11:58

हाल चीनका राष्ट्राध्यक्ष सी चिनफिङले फिलाडेल्फिया वाद्यवादन मण्डलका गभर्नर एवम् सीओओ मा सयीलाई जवाफी पत्र पठाउनुभएको छ।

आफ्नो पत्रमा राष्ट्राध्यक्ष सीले फिलाडेल्फिया वाद्यवादन मण्डल र चीन अमेरिका लगायत विश्वका विभिनन मुलुकका कलाकारहरूले सभ्यताको समानता, आपसी संवार्ता, सहिष्णुतालाई कायम राख्नुका साथै पारस्परिक आदानप्रदान र सहकार्यलाई घनिष्ट पारी चीन-अमेरिका सांस्कृतिक आदानप्रदान र विभिन्न देशका जनता बीचको मित्रताका लागि नयाँ योगदान गर्नसक्ने आशा व्यक्त गर्नुभएको छ।

सन् १९७३ को सेप्टेम्बर महिनामा फिलाडेल्फिया वाद्य धून सङ्गीत मण्डलले पहिलो पल्ट चीनको भ्रमण गरेको थियो। त्यसैगरी त्यो मण्डल नयाँ चीन स्थापनापछि चीनको भ्रमण गरेको पहिलो अमेरिकी सङ्गीत मण्डल बनेको छ।

Close
Messenger Pinterest LinkedIn