नेपाली

चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा छैठौँ चीन अन्तर्राष्ट्रिय आयात एकस्पोलाई चिट्ठी पठाइएको

CRI2023-11-05 15:24:42

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले ५ तारिख छैठौँ चीन अन्तर्राष्ट्रिय आयात एकस्पोलाई चिट्ठी पठाउनुभएको छ।

राष्ट्राध्यक्ष सीका अनुसार, सन् २०१८ देखि चीन अन्तर्राष्ट्रिय आयात एकस्पो पाँचपटक सफलताका साथ आयोजना भएको छ। जसले ठूलो चिनियाँ बजारको श्रेष्ठतामार्फत् अन्तर्रष्ट्रिय खरिद, लगानी, आदानप्रदान र खुला तथा सहकार्यको मञ्चको भूमिका खेलर नयाँ विकास ढाँचाको निर्माण गर्न र विश्व अर्थतन्त्र बढाउनका लागि सक्रिय योगदान दिएको छ।

वर्तमान विश्व अर्थतन्त्रको पुनरूत्थानका लागि शक्ति अपर्याप्त भएकाले विभिन्न देशहरू मिलेर एउटै डुङ्गामा साझा प्रयास गर्न राष्ट्राध्यक्ष सीले जोड गर्नुभएको छ। चीन सधैँ विश्वको विकास गर्ने महत्वपूर्ण मौका हो। चीनले उच्चस्तरीय खुलापनलाई सुदृढताका साथ अगाडि बढाएर अर्थतन्त्रको विश्वव्यापीकरणलाई अझै खुला, सहिष्णु, साझा हितकर, सन्तुलित तथा साझा विजय हुने दिशातिर बढाउने छ। चीन अन्तर्राष्ट्रिय आयात एकस्पोले चीनको नयाँ विकासबाट विश्वलाई नयाँ अवसर दिने, चीनको ठूलो बजारलाई विश्वको साझा ठूलो बजार बनाउने, अझै राम्रा अन्तर्राष्ट्रिय सार्वजनिक उत्पादन सेवा दिएर सहकार्य तथा साझा विजयबाट विश्वलाई फाइदा पुर्याउने आशा उहाँले गर्नुभएको छ।

छैठौँ चीन अन्तर्राष्ट्रिय आयात एकस्पो ५ तारिखदेखि शाङहाईमा सुरू भएको छ। यो एक्स्पोको मुख्य विषयवस्तु “नयाँ युग, भविष्य बाँड्नु” भन्ने रहेको छ। यो एकस्पो चिनियाँ वाणिज्य मन्त्रालय र शाङहाई शहर सरकारद्वारा आयोजना गरिएको हो।

Close
Messenger Pinterest LinkedIn