नेपाली

राष्ट्राध्यक्ष सी चिनफिङ तथा अखिल चीन महिला संघको नयाँ नेता समूहका सदस्य बीच सामूहिक वार्ता

CRI2023-10-31 15:04:53

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले ३० तारिख अपरान्ह चोङ नान हाइमा अखिल चीन महिला संघको नयाँ नेता समूहका सदस्यहरूसँग सामूहिक वार्ता गर्दै महत्वपूर्ण सम्बोधन गर्नुभएको छ।

वार्ताको क्रममा राष्ट्राध्यक्ष सीले भन्नुभयो: चिनियाँ शैलीको आधुनिकीकरणमार्फत सशक्त देश निर्माण गर्ने र चीन राष्ट्रको पुनरूत्थान हुने महान कार्यलाई अघि बढाउनका लागि सम्पूर्ण जनताको एकताबद्ध प्रयास हुनुपर्छ। त्यस प्रक्रियामा महिलाको भूमिका निकै महत्त्वपूर्ण देखेको छ। यसकासाथै दृढताका साथ चिनियाँ विशेषतायुक्त समाजवादी महिलाको विकास बाटोमा डटेर नयाँ यात्रामा चिनियाँ शैलीको आधुनिकीकरण निर्माणका लागि महिलाको विशिष्ट बुद्धि र शक्ति अर्पण गर्दै जान राष्ट्राध्यक्ष सीले महिलाहरूलाई प्रेरणा दिनुभएको छ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक व्युरोका स्थायी सदस्य एवम् केन्द्रीय सचिवालयका सचिव छाइ छी उक्त सामूहिक वार्तामा उपस्थित हुनुभएको छ।

Close
Messenger Pinterest LinkedIn