नेपाली

सी चिनफिङद्वारा इक्वेडरका राष्ट्रपतिलाई बधाई सन्देश पठाइएको

CRI2023-10-26 10:14:28

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले २४ तारिख इक्वेडरको राष्ट्रपति पदमा नियुक्त हुनुभएकोमा डेनिल नोओयलाई बधाई सन्देश पठाउनुभएको छ।

राष्ट्राध्यक्ष सीका अनुसार, इक्वेडर ल्याटिन अमेरिकाको एक महत्त्वपूर्ण देश हो। चीन र इक्वेडरबीच दौत्य सम्बन्ध स्थापना भएको ४३ वर्षयता दुई देशका उच्च तहबीच घनिष्ट आदानप्रदान हुँदैआएको छ। जसबाट आपसी राजनीतिक विश्वास क्रमशः गहन पारिनुका साथै विभिन्न क्षेत्रको सहयोगमा फलदायी उपलब्धि भएको तथा परम्परागत मित्रताको विकास भएको छ।

उहाँले दुई देशको सम्बन्धको विकासमाथि उच्च महत्त्व दिँदै राष्ट्रपति नोओयसँग चौतर्फी रणनीतिक साझेदारी सम्बन्धको अझ विकास गरेर दुई देशका जनतालाई फाइदा पुर्याउने इच्छा राख्नुभएको छ।

Close
Messenger Pinterest LinkedIn