नेपाली

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ र कोलम्बियाका राष्ट्रपति पेट्रोबीच भेटवार्ता

cri2023-10-25 19:08:40

अक्टोबर २५ तारिख दिउँसो चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले चीनको राजकीय भ्रमणमा रहनुभएका कोलम्बियाका राष्ट्रपति पेट्रोसँग पैचिङमा भेटवार्ता गर्नुभएको छ।

सी चिनफिङले कोलम्बियाली राष्ट्रपतिसँग भेट्न पाउँदा खुसी लागेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘सन् २००९ मा कोलम्बिया भ्रमण गर्दा भव्य इतिहास र संस्कृति अनि मेहनती र आतिथ्य सत्कार गर्ने जनताबाट गहिरो रुपमा प्रभावित छु। राष्ट्रपतिले पदभार ग्रहण गरेदेखि नै सक्रिय रूपमा देशमा व्यापक शान्तिको प्रवर्द्धन गर्दै जनताको हितमा आफूलाई समर्पित गर्नुभएको छ।’

सी चिन फिङले ४३ वर्ष अघि चीन र कोलम्बियाबीच दौत्य सम्बन्ध स्थापना भएदेखि नै दुई देशबीचको सम्बन्धले अन्तर्राष्ट्रिय उतार-चढावको परीक्षाको सामना गर्नुका साथै विकासको राम्रो गति कायम राखेको कुरा औंल्याउनुभयो। चीन-कोलम्बिया सम्बन्धलाई रणनीतिक साझेदारीमा स्तरोन्नति गरेको घोषणा गर्न पाउँदा खुसी लागेको पनि राष्ट्राध्यक्ष सीले उल्लेख गर्नुभयो।

Close
Messenger Pinterest LinkedIn